Logo
२७ चैत्र २०८१, बिहीबार

तोलामा २२ सयले घट्यो सुनको मूल्य

अक्षरपाटी
२०८१ कात्तिक २९ , बिहीबार ११:११ मा प्रकाशित

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । यसअघि बुधबार तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलामा २२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।