Logo
६ मंसीर २०८१, बिहीबार

दार्चुला जीप दुर्घटना- मृतकको संख्या ८ पुग्यो

अक्षरपाटी
२०८१ कात्तिक ३० , शुक्रबार १०:११ मा प्रकाशित

काठमाडौं। आज बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका ६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्‍याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर ५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

यस्तै, बैतडीको डिलासैनी गाउँपालिका ५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते छन् ।

बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।