Logo
२७ चैत्र २०८१, बिहीबार

जेट मेशिनबाट सडक र सडकपेटीको सफाइ गर्दै काठमाण्डौ महानगर

अक्षरपाटी
२०८१ मंसीर ३ , सोमबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विभिन्न ठाउँका सडक र सडकपेटीमा जेट मेशिन लगाएर सफाइ गरिरहेको छ ।

महानगरले सिनामङ्गल चोकबाट एअरपोर्ट लाइन, शीतल निवासबाट पानीपोखरी लाइन, कुलेश्वरबाट कालीमाटी लाइन, तीनधारा पाठशालाबाट राष्ट्रिय सभा गृह भद्रकाली लाइन वरिपरिका सडक पेटीहरू जेट मेशिनद्वारा सरसफाइ गरेको हो ।

पछिल्लो समय सडक सफाइ र हरियाली प्रवर्द्धनमा सफलता मिलिरहेको काठमाण्डौ महानगरले जनाएको छ ।