काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आइतबार छापावाल सुन तोलामा १ हजार ७ सय रुपैयाँ बढेर १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।