काठमाण्डौ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ ।
१० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ ।
नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।
अभियानको अवसरमा देशैभर अन्तरक्रिया, छलफल,र्यालीलगायतका कार्यक्रम भइरहेका छन् ।