Logo
१ पुस २०८१, सोमबार

विराटनगरले दियो चितवन राइनोजलाई १८२ रनको लक्ष्य

अक्षरपाटी
२०८१ मंसीर २८ , शुक्रबार ०३:१२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जितको खोजिमा रहेको विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको कठिन लक्ष्य दिएको छ।

यस अघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।

एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए ।

बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे । बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकिय साझेदारी गरे ।

मध्यक्रमका बसिर अहमद र राजेश पुलामीले विष्फोटक साझेदारी गर्दै विराटनगरलाई बलियो स्कोरमा पुर्याए।