Logo
६ पुस २०८१, शनिबार

एनपीएल : फाइनलमा जनकपुर, कर्णालीको यात्रा टुङ्गियो

अक्षरपाटी
२०८१ पुस ४ , बिहीबार ०४:१२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-२ मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलको यात्रा तय गरेको हो ।

यससँगै तेस्रो स्थानमा रहँदै कर्णालीको यात्रा टुङ्गिएको छ । अब शनिबार हुने फाइनलमा जनकपुर र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि भिड्ने छन् ।

कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का लिए ।

११.५ ओभरमा ५ विकेट गुमाएर ५८ रन बनाएको जनकपुरका लागि विस्फोटक ब्याटिङ गर्दै निशमले जितको आधार तय गरेका थिए ।

यस्तै, हर्ष थाकेरले १७ र आकाश त्रिपाठीले १३ रन बनाए । शेर मल्ल र मायम यादवले क्रमशस् १६ र १४ रन जोडे ।

कर्णालीका लागि विपिन शर्माले ३ तथा कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

कर्णालीका लागि गुल्शन झाले २५ र देव खनालले २४ रनमा आउट गरे । विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, र च्याडविक वाल्टनले ११ रन बनाए ।

जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २–२ विकेट लिए । हर्ष थाकेर, जेम्स निशम र शेर मल्लले १–१ विकेट लिए ।