Logo
१८ पुस २०८१, बिहीबार

भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दै

अक्षरपाटी
२०८१ पुस १५ , सोमबार ०२:१२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेबाट निकालिएका भीम रावलले पुस १७ गते पत्रकार सम्मेलन गर्ने भएका छन् ।

परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको रावलले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

एमालेले आफूलाई अपमानजनक रूपमा पार्टीबाट निकालेको आरोप लगाएका छन् । रावलको पत्रकार सम्मेलन बबरमहलस्थित कार्की व्याङक्वेटमा बुधबार १ बजे हुनेछ ।

एमालेबाट निकालिएपछि नयाँ पार्टी गठन गर्ने वा कसरी अगाडि बढ्ने भन्नेमा रावल छलफलमा व्यस्त छन् ।

उनी निकटकै केही नेताले उनलाई एमालेमै फर्काउन पनि पहल गरेको नेताहरू बताउँछन् ।