काठमाडौं । ‘सबै पोशाकको सम्मानः नेपाली टोपी नेपाली पहिचान’ भन्ने नाराका साथ बसन्तपुरमा १२औं नेपाली टोपी दिवस मनाइएको छ ।
अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ मा विगतका वर्षदेखि ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै आएको छ ।
नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।