Logo
२० पुस २०८१, शनिबार

केपी ओलीले सदस्यता नै खाएपछि विकल्प खोज्न बाध्य भएँ : डा. रावल

अक्षरपाटी
२०८१ पुस १७ , बुधबार ०२:०१ मा प्रकाशित

काठमाडौं । एमालेबाट निश्काषित डा. भीम बहादुर रावलले अहिले भ्रष्टाचारमा परेका ठूला भनिएकाहरुलाई जोगाउने काम भएको भन्दै आक्रोश पोखेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धपनि फितलो बनाईएको भन्दै असन्तुष्टि पोखेका छन् ।

एमालेबाट निश्काषनमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै रावलले आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको बताए ।

उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’

उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे ।