काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ ।
आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा पुगेको हो । १ करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको छ ।
१५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।