Logo
२२ पुस २०८१, सोमबार

चर्चित कथावाचिका देवी प्रतीभा फेरी नेपाल आउँदै

अक्षरपाटी
२०८१ पुस १९ , शुक्रबार ०२:०१ मा प्रकाशित

काठमाडौँ । चर्चित कथावाचिका देवी प्रतीभा फेरी नेपाल आउने भएकी छिन् ।

प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतीभा मकर स्नान माघ महामहोत्सकको अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि देवघाटमा आउन लागेको आयोकजले जनाएको छ ।

यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भर रहेका नेपालीहरुको मन जितेकी २३ वर्षीया काभ्रेली चेली प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ ले यस पटक पबन १० दिनका लागि देवघाटमा कथावाचन गर्नका लागि आउन लागेकी हुन् ।

मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबमा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु ज्यू, पूज्य यशोदा कौडिन्य ज्यू र पूज्य अनुराधा पाण्डेय ज्यूले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ ।

माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दीर देवघाट दिव्य धाम मन्दीरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।

देवी प्रतीभा