Logo
२३ पुस २०८१, मंगलबार

‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक पौडेलले ‘कोसेढुंगा’ बनाउने

अक्षरपाटी
२०८१ पुस २१ , आईतबार १२:०१ मा प्रकाशित

काठमाडौँ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् । उनले आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् ।

थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएका छिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ र परपर क्षितिज छ ।

घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको सङ्केत गरेको अनुमान लगाउन सकिन्छ । डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अर्थ लगाउन सकिन्छ । पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको प्रस्ट हुन्छ ।

पौडे निर्देशित ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ ।