Logo
२ माघ २०८१, बुधबार

बिहेको उमेर १८ वर्षमा झार्न सुझाव

अक्षरपाटी
२०८१ माघ २ , बुधबार ०२:०१ मा प्रकाशित

काठमाडौं । महिला र पुरुषको विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष राख्न संसदीय उपसमितिले सुझाव दिइएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार उक्त सुझावसहितको प्रतिवेदन समितिमा पेस गरेको हो।

मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानुन समितिले तीन उपसमिति गठन गरेको थियो । ती उपसमितिले समितिसमक्ष प्रतिवेदन पेस गरेका छन् ।

विवाहको वैध उमेर घटाउनु उपयुक्त हुने उपसमितिको अध्ययनको निष्कर्ष छ ।

हाल नेपालको कानुनअनुसार महिला र पुरुष दुवैको विवाहको उमेर २० वर्ष छ।