Logo
११ असार २०८३, बिहीबार

विपक्षी दलको बैठक सुरू

अक्षरपाटी
२०८१ माघ ४ , शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं । विपक्षी दलहरूको बैठक सुरू भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलबाट बैठक सुरू भएको हो।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बसिरहेको छ। बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, नेता सन्तोष परियारलगायत नेताहरू उपस्थित छन्।

विपक्षी दलहरूले बैठकपश्चात पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन्।