Logo
२८ फागुन २०८१, बुधबार

आज पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

अक्षरपाटी
२०८१ फागुन ८ , बिहीबार १०:०२ मा प्रकाशित

कास्की । पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका- ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ ।

समारोहमा विभिन्न तह र विषयका विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिनुभयो ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

दीक्षान्त समारोहमा ७ हजार ८७२ विद्यार्थी दीक्षित हुनेछन् । त्यसमध्ये ३० जनाले विशिष्ट पदक प्राप्त गर्नेछन् भने ७४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मान गरिनेछ ।

विश्वविद्यालयका ४ आंगिक क्याम्पस, ३ संयुक्त आंगिक क्याम्पस र ५८ सम्बन्धनप्राप्त कलेजहरूमा हाल ६८ कार्यक्रम सञ्चालनमा रहेका छन्, जसमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन् ।

दीक्षान्त समारोहमा विश्वविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको सहभागिता रहने छ ।

दीक्षान्त समारोह पोखरा विश्वविद्यालय