काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्यमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमतिपछि उद्योगीले आन्दोलन फिर्ता लिएका छन् ।
मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ बढाउनेसहित ५ बुँदे सहमति भएको छ ।
अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० बाट बढेर १ हजार ९२२ रुपैयाँ ७५ पैसा पुग्ने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको छ ।
एलपी ग्यास