Logo
१९ चैत्र २०८१, बुधबार

दाङबाट तीर्थ यात्रामा गएका चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु

अक्षरपाटी
२०८१ चैत्र १४ , शुक्रबार ११:०३ मा प्रकाशित

दाङ । तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

बिहीबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो भारतको बहराइचमा दुर्घटना भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीले भारतमा भएको दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको खबर प्रप्त भएको बताए । अन्य तीनजनाको नाम भने नखुलेको उनले बताए ।

गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएका छन् । गाडीमा सवार सबैजना यात्रु तुलसीपुरकै रहेको अनुमान गरिएको छ ।

सवारी दुर्घटना