काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्ष (एसईई) सकिएको छ । चैत ७ देखि सुरु भएको परिक्षा आज सकिएको हो ।
परिक्षा सकिएसँगै विधार्थीहरूले सम्झना र मायाको चिनो स्वरुप एकअर्काको सर्टरटिसर्टमा सन्देस लेखेका छन् । पछिल्लो समय परीक्षाको अन्तिम दिन माया र सम्झनास्वरुप सर्ट तथा टिसर्टमा सन्देश लेख्ने अभ्यास विद्यार्थीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भए । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ । न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।
लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गरिनेछ । सरकारले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।
एसईई