Logo
१९ चैत्र २०८१, बुधबार

ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको महागरपालिकाको टोलीलाई गेटबाटै फर्काइयो

अक्षरपाटी
२०८१ चैत्र १६ , आईतबार ११:०३ मा प्रकाशित

काठमााडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो ।

उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।

राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो। शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो ।

महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।

काठमाडौँ महागरपालिका ज्ञानेन्द्र शाह