Logo
२४ चैत्र २०८१, सोमबार

नेपाल १ रनले हार्दा सिरिजको उपाधि अफगानिस्तानलाई

अक्षरपाटी
२०८१ चैत्र २३ , आईतबार ०४:०४ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानले नेपालविरुद्धको यू-१९ सिरिज जितेको छ ।

मुलपानी मैदानमा आइतबार भएको खेलमा घरेलु टोलीलाई १ रनले हराउँदै अफगानिस्तानले एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।

१६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा १६७ रन बनाएर अलआउट भयो । नेपालका लागि साहिल पटेलले अर्धशतकीय पारी खेले । उनले ११९ बलमा ६ चौका प्रहार गर्दै ६४ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि कप्तान मेहबुब खानले १ सय १४ बल खेल्दै १ चौका प्रहार गर्दै ५८ रन जोडे ।

नेपालका सन्तोष यादवले १० ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए ।