काठमाडौँ । वायु प्रदूषण उच्च भइरहेका बेला बुधबार दिउँसो परेको पानीले काठमाडौँवासीलाई केही राहत मिलेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ । पानी परेपछि वायु प्रदूषण केही कम हुने आशा गरिएको छ ।
आईक्यू एयरका अनुसार बुधबार अपराह्न चार बजे काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको छ । अहिले एक्यूआई १८६ छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
काठमाडौँमा वर्षा