Logo
३ जेठ २०८२, शुक्रबार

गाडीको ठक्करबाट मर्निङ वाकमा निस्किएका २ जनाको मृत्यु

अक्षरपाटी
२०८२ जेठ ३ , शुक्रबार १०:०५ मा प्रकाशित

बुटवल । कपिलवस्तुको गोरुसिङे पत्थरकोट सडक खण्ड अन्तर्गत मर्निङ वाक्मा निस्किएका दुई जनाको गाडीको ठक्करबाट मृत्यु भएको छ । कपिलवस्तुको बुद्दभुमी नगरपालिका १ बसन्तपुरमा घटना भएको हो ।

अर्घाखाँचीबाट बुटवलका लागि हिँडेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ ।

बिहान पौने ६ बजे सो दुर्घटना भएको हो । चालकसहित गाडी प्रहरी नियन्त्रणमा छ । चालक निदाउँदा र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।