Logo
२५ जेठ २०८२, शनिबार

विभिन्न श्रष्ठा सम्मानित

अक्षरपाटी
२०८२ जेठ २५ , शनिबार ०८:०६ मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा विभिन्न श्रष्ठा सम्मानित भएका छन्।

डेढ दशकदेखि पत्रकारित र साहित्य सिर्जनाका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार पुष्पराज जोशी सम्मानित भएका छन्।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव समारोहमा पत्रकार जोशी सम्मानित भएका हुन।

सुदूरपश्चिम प्रदेशमा रहेर डोटेली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पत्रकार जोशीलाई नगदसहित पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित गरेको हो।

पत्रकार जोशीसँगै साहित्यकार तथा संस्कृतिविद् एमव् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, डा विश्वगुरु गौरीशंकराचार्यजी महाराज, सामाजिक सचेतनामा योगदान पु¥याएको भन्दै कानुन अधिकृत तथा लेखक दानबहादुर सुनार र डोटेली भाषाका प्रथम समाचारवाचक ओमप्रकाश जोशीलाई सम्मानित गरिएको हो।

कार्यक्रममा प्राडा रामचन्द्र पोखरेल (पोखरा), प्र्रा माधव वियोगी (पोखरा), प्राडा निर्मलमणि अधिकारी (काठमाडौं), प्राडा देवी नेपाल (काठमाडौं), डा पिताम्बर अवस्थी (पिथौरागढ), प्राडा भीम खतिवडा (धरान), महेश बराल (पिथौरागढ), हेमा जोशी परु (खटिमा भारत)लाई सम्मानित गरिएको हो।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा टीएन जोशीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री कमलबहादुर शाह रहेका थिए।