धनगढी । बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले आफ्नो जन्म दिनका अवसरमा चुरे गाउँपालिकामा विभिन्न स्थानमा डस्टबिन वितरण गरेर मनाएका छन्।
सामाजिक उत्तरदायित्व वहन गर्दै चुरे ३ मा रहेको विभिन्न स्थानमा देउवाले
सफाइप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित देउवाले डस्टबिन वितरण गरेको बताए।
मानिसहरुको भीडभाड हुने ठाउँमा डस्टबिनहरू हस्तान्तरण गरेको उनले बताए।
‘सफा सुन्दर चुरे हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आफू काम गरेको क्लबको नाम लेखेर अभियान सुरूवात गरेका हुन्।
जन्मदिनमा भोज वा पार्टी गरेर खर्च गर्नुको साटो यो कामले सामाजमा सकारात्मक सन्देश जाने उनले बताए।
उनले विद्यालय, मन्दिर, सामाजिक संस्थालगायतलाई डस्टबिन उपलब्ध गराएका हुन् ।
चुरेमा रहेको बसर युवा क्लबका युवाहरुले विभिन्न समयमा रचारात्मक काम गर्दै आएको छ।
वडा कप भलिबलदेखि प्रदेशस्तरीय भलिबल सम्म गरेको छ। चुरेमा पहिलो पटक कर्पोरेट स्थरको पेनाल्टी सुट आउट प्रतियोगिता ,गरीब र जेहेन्दार विद्यार्थीलाई कापी कलम झोला सहयोग, वृक्षरोपण, स्वास्थ शिविर, आमा समूहका माहिलालाई सेनेटरी प्याड वितरण, चुरेका उत्कृट खेलाडी र स्वास्थ चौकीलाई सम्मानलगायतका काम गर्दै आएको छ।