काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल भेटिएका छन् । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई भेटेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल भेटाएको हो ।
जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका डा. श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएका थिए । डा. श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन भएपछि उनको खोजी तिब्र पारिएको थियो ।