Logo
३ असार २०८२, मंगलबार

रास्वपाको नाराबाजीपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित

अक्षरपाटी
२०८२ असार ३ , मंगलबार ०२:०६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा सांसदहरूले नाराबाजी गरेका छन् ।

बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भनदै उनले प्रश्न उठाइन् ।

०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए ।

उनले बोलेपछि सभामुख घिमिरेले आजै आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

रास्वपा