उर्लाबारी। उर्लबारी नगरपालिका ९ वटा वडामा पाठेघरको मुखको क्यान्सर पहिचान गरी क्षति कम गर्ने उद्देश्यले मातृत्व जोगाउने अभियान सुरु भएको छ।
सी(क्यापका नामा संचालि यो अभियान कल्प इम्पावर वेमेन नेपालको पहल र उर्लाबारी नगरपालिकाको आयोजनामा हुँदैछ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लबारी नगरपालिका भित्रका ९ वटा वडामा मातृत्व जोगाउने अभियान अन्तर्गत सी(क्याप अभियान सुरु गरिएको हो।
असार १ गते उर्लाबारी ९ महाराजथानस्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र परिसरबाट अभियान सुरु भएको हो।
अभियानको सुरुवातमा सन २००५ मा मिस नेपाल सुगारिका केसीको उपस्थिति थियो । कार्यक्रम आरम्भको अध्यक्षता नगर उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेल थिए।
शिविर संचालनको पहिलो दिन वडा नम्बर ९ मा एक सय ५६ जना र दोस्रो दिन ८८ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले बताइन्।
९ दिन चल्ने शिविरमा एक हजार भन्दा बढी महिलाको स्वास्थ्य परिक्षण गराउने उदेश्य छ।
कार्यक्रममा बोल्दै मिस नेपाल २००५ सुगारिका केसीले महिलाको स्वास्थ्य समस्या बारे महिला मात्र होइन परिवार समाज र राज्य स्वयं सजह हुनु पर्ने धारणा राखिन।