Logo
६ असार २०८२, शुक्रबार

खोजी हुँदै ‘मिस नेपाल पिस २०२५’

अक्षरपाटी
२०८२ असार ५ , बिहीबार ०९:०६ मा प्रकाशित

काठमाडौँ । ‘मिस नेपाल पिस २०२५’ को खोजी सुरु भएको छ।

आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला गरेको हो।

प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ।

प्रतियोगिताका शीर्ष तीन विजेताले नगद एक लाखका अलवा अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस वल्र्ल पिस’, ‘मिस ग्लोबल’, ‘मिस प्लानेट इन्टरनेसनल’ नेपालको प्रतिनिधित्व गर्नपाउने छन्।

साथै ५ लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्नेछन्।

‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो।

प्रतियोगितामा देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन्।

छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई विभिन्न प्रशिक्षण दिएर अन्तिम चरणका लागि तयार पारिने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन्।