Logo
८ असार २०८२, आईतबार

आँखा शिविर : डोटी र बैतडीमा सात सयभन्दा बढीको उपचार

अक्षरपाटी
२०८२ असार ७ , शनिबार १०:०६ मा प्रकाशित

डोटी। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा रुईत
फाउण्डेशनको सहयोगमा डोटी र बैतडी जिल्लामा आँखा शिविर सम्पन्न भएको छ।

जेठ ३० देखि आषाढ ४ गतेसम्म सञ्चालन गरिएको शिविरमा ७ सय ९५ जनाले आँखा उपचार सेवा लिएका छन्। जसमध्ये २ सय ५१ जनालाई मोतिविन्दुको अप्रेशनद्वारा गुमाएको दृष्टि पुन प्रदान गरिएको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले जानकारी दिए।

शिविरहरु डोटी जिल्लाको स्वास्थ्य चौकी वायलमा तथा बैतडीको जिल्ला अस्पताल बैतडीमा संचालन गरिएको थियो।

आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु उक्त
क्षेत्रमा सञ्चालन भएका शिविरबाट लाभान्वित भएका छन्।

गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा सुरेशराज पन्तको नेतृत्वमा संचालित आँखा शिविरहरुमा गेटा आँखा अस्पतालका १३ जना प्राविधिकको टोलीले सेवा प्रदान गरेका थिए ।

उक्त शिविरमा स्थानीय पालिकाका पदाधिकारीहरु, नेपाल नेत्रज्योति संघका पदाधिकारीहरु, नेपाल रेडक्रस सोसाईटी बैतडीका स्वयंसेवकहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा विद्यार्थीले शिविर व्यवस्थापनमा सघाएका थिए।