धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा सोमबार बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्।
मृतक ३० वर्षीया रेणु चौधरीको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती रहेको खुलेको छ। उनी बैयाबेहडीस्थित एक कोठामा भाडामा बसेर बस्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार चौधरी कोठामा मृत अवस्थामा भेटिएकी हुन्। ‘कोठाको ढोका बाहिरबाट ताल्चा लगाइएको अवस्थामा उनी भित्र मृत भेटिएकी हुन्,’ डीएसपी सिंहले भने।
उनका अनुसार घटनास्थललाई सिल गरिएको छ र आवश्यक अनुसन्धान भइरहेको छ।
धनगढी युवती मृत फेला