Logo
२६ फागुन २०८२, मंगलबार

आनन्द बिष्ट भन्छन् : जनताका दु:ख मनन् मात्र हाेइन, शमन गर्ने मेरो अठाेट हो

अक्षरपाटी
२०८२ फागुन १२ , मंगलबार १०:०२ मा प्रकाशित

काठमाडौं। तीन दशकदेखि जनसेवामा अविचलित लागेका गोरखबहादुर बिष्ट ‘आनन्द’ राजनीतिज्ञ कम समाजसेवी बढी हुन भन्दा फरक नपर्ला।

देशमा हाेस् वा परदेशमा, उनी जहाँ भए पनि लोकतन्त्र, सामाजसेवा र मानवीय शंकटमा सारथि बनिरहे।

‘आनन्द’ले कहिल्यै पनि राजनीतिलाई पदको प्राप्ति सोचेनन्, बरु यसलाई माध्यम बनाएर उनी जनताको सेवामा समर्पित् भइरहे। अमेरिकमामा देखे-भोगेको व्यवस्थाले उनलाई सँधै लागिरह्ये- देशमा सुशासन, समृद्धि र विकास कसरी गर्न सकिएला?

अक्षरपाटीसँग उनले भने- ‘त्यही हुटहुटीको उपज हो भनाै आज मेरो संसदीय यात्राको याे महासंग्रामको संघर्ष।’

सुदूरपश्चिमको विकट र दूर भूमि डोटी गड्सेरामा विक्रम संवत २०२९ जेठ १३ मा जन्मिदा उनको गाउँमा न बाटाे थियो, न शिक्षा, स्वास्थ्य त परैको कुरा, खानेपानीकोसम्म जोहो थिएन।

मेलापात, घाँसदाउरा, खेतबारी खाेर्सिएर बुबाआमाले शंकट मोलेर पुरा गराइदिएको शिक्षादिक्षाले उनी थप शिक्षाका लागि दुनियकै सम्भ्रान्त मुलुक अमेरिका पुगे।

धनगढीस्थित पञ्चोदोय माध्यमिक विद्यालयबाट एसएलसी गरेका उनले भारतको देहरादुन, काठमाडौं हुँदै अमेरिकासम्म पुगेर उच्च शिक्षा पुरा गरे। अमेरिका पुगपछि उनीभित्र समाज सेवा र राष्ट्र प्रेमको भावना झनै झाँगिरएर गयाे। त्यसपछि उनले आफ्नो गाउँठाउँका लागि सकेको सहयोग गर्दै आएका छन्।

बिष्टको सामाजिक छवी

राजनीतिकर्मीभन्दा अघि उनको सामाजिक छवी फराकिलो छ। अमेरिका पुग्ने प्राय नेपालीका लागि उनको ढोका सँधै खुला रहन्छ। बिरानो मुलुकमा अलमलमा परेका कैयाैँ नेपालीलाई उनले त्यहाँ स्थापित गर्न मात्र होइन, अमेरिका जान चाहने कैयाैँलाई सहजीकरण गरिदिएका छन्।

अमेरिका पुगेका नेपाली विद्यार्थीलाई रोजगारी खोजीदिने, बासको जाेहाे मिलाइदिने, अमेरिकामा कुनै नेपालीको निधन भएमा शव व्यवस्थापनको व्यवस्था मिलाउनेसम्मको काम उनले गर्दै आएका छन्। बिरामीको उपचारदेखि सुखदुःखका सारथि उनै बनिदिने गरेका छन्।

विपदमा बैशाखी

कोरोना महामारीले संसार थङथिलाे भएको बेला कुनै यस्ताे दुनिया थिएन, जहाँ आनन्दको अनुभूति होस। त्यसबखत अमेरिकाको न्यूयोर्क सिटी पनि उच्च जोखिममा थियो। बिष्ट भने रातदिन नभनी जोखिम मोलेर बिरामीहरुको ढाडस बनिरहे।

मान्छे घर बाहिर निस्कन नसकेको त्याे समयमा उनले अमेरिकाका अन्य राज्यसँग समन्वय गरेर न्यूयोर्क सिटीका जनताको लागि मेडिकल सामग्री माक्स, सेनिटाइजर, ग्लोब्स, सिटामोलगायत औषधि संकलन गर्दै बिरामीहरूलाई बाँढिरहे।

विभिन्न संघ संस्थासँग समन्वय गरेर दैनिक ४०/५० जना स्वयं सेवक खटाएर उनले प्रत्येक दिन बिरामीको घर–घर पुर्‍याउने काम गरे। अप्ठ्यारोमा परेका व्यक्तिहरूको घरमै पुगेर खाद्य सामग्री प्रदान गर्ने/गराउने काम गरे।

कोरोना महामारीका बेला न्यूयोर्कमा होस्टेल बाहिर पुगेका हजारौं विद्यार्थीलाई खानपानको व्यवस्था र औषधि उपचारको व्यवस्था पनि बिष्टकै नेतृत्वमा भएको थियो। न्यूयोर्कका विभिन्न अस्पतालका प्रतिनिधिले समेत उनीसँगबाट मेडिकल सामग्री लिएर बिरामीको उपचार गरे। उनको त्यही सक्रियता र सहयोगको मूल्यांक गर्दै अमेरिकाका तत्कालिन राष्ट्रपति जोबाइडेनले उनलाई ‘उत्कृष्ठ सामाजिक सेवा’ सम्मान समेत प्रदान गरे।

कांग्रेसमा विष्टको योगदान

आनन्द बिष्टका नामले चिनिए पनि उनको खास नाम गाेरखबहादुर बिष्ट हो। तर उनी नामभन्दा कर्मले चिनिनुपर्छ भन्ने मान्यता राख्छन्।

तीन दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर उनले लोकतान्त्रिक आन्दोलन र विधिको शासन स्थापनामा सकेको भूमिका निर्वाह गर्दै आएका छन्।

विद्यार्थी जीवनबाटै राजनीतिप्रति चासो राख्ने उनी २०४६ सालमा अध्ययनका लागि देहरादून हुँदा देशमा देशमा प्रजातन्त्र प्राप्तिका लागि जनआन्दोलन चर्कियो। विदेशमा समेत बहुदलीय प्रजातन्त्रको पक्षमा नारा घन्किन थाले।

त्यसबखत बिष्ट भारतमा रहेका नेपालीले गरेको प्रदर्शनमा भाग लिन देहरादुनबाट नयाँ दिल्लीसम्म पुगे। नेपाल फर्केर उनी राजधानीको शंकरदेव क्याम्पसमा भर्ना भए। सन् १९९८ मा उनी अमेरिका पुगे।

अमेरिकामा पनि उनी नेपालको प्रजातन्त्रप्रति चिन्तित रहे। सन् १९९९ मा बिष्टसहित लोकतन्त्र पक्षधर युवाहरूले ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ संस्था स्थापना गरे। बिष्ट त्यसको संस्थापक संयोजक बने। त्यही काउन्सिलको अगुवाइमा सन् २००२ को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको भवन अगाडी नेपालमा लोकतन्त्रको पक्षमा र निरङ्कुश राजतन्त्रको विपक्षमा विशाल र्‍याली भयो।

चार वर्षसम्म संयुक्त राष्ट्रसंघ, ह्वाइटहाउस, क्यापिटलहिल, युरोपियन युनियन र विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थालाई नेपालमा लोकतन्त्र पुर्नवहालीको लागि ज्ञापन पत्र बुझाउने काम पनि बिष्टकै नेतृत्वमा भयो।

‘२०६२/६३ को जनआन्दोलनमा मेरो नेतृत्वमा अमेरिकामा भएको प्रदर्शन राजनीतिक जीवनकै टर्निङ् प्वाइन्ट बन्यो। हामीले न्यूयोर्क, वासिंगटन डिसीलगायतका सहरमा लोकतन्त्रको पक्षमा विश्व समुदायको ध्यानाकर्षण गरायाैँ। त्यो कदम नेपालमा लोकतन्त्रको पक्षमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न ‘माइल स्टोन’ बन्यो’, उनले भने, ‘त्यसपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले मलाई फोन गरेर बधाई दिनुभयो।’

अनि कोइरालाले उनलाई कांग्रेस निकट साथीहरूलाई समेटेर नेपाली जनसम्पर्क समिति गठन गर्न निर्देशन दिए।

सन् २००५ मा विष्टले नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक संयोजक भएर अमेरिकाभर संगठन विस्तार गरे। सन् २००८ मा न्यूयोर्कमा जनसम्पर्क समितिको पहिलो अधिवेशनबाट बिष्ट निर्विरोध सभापति चयन भए।

विष्टको नेतृत्वमा हाल अमेरिकामा २६ वटा च्याप्टर विधिवत रुपमा क्रियाशील छन्। बिष्टले ११औं, १२औं, १३औं र १४औं महाधिवेशनबाट कांग्रेसको महासमिति सदस्य चयन भएर काम गरेका छन्।

१३औं महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउबाले बिष्टलाई कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। देश बाहिरबाट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनित हुने बिष्ट पहिलो व्यक्ति हुन्।

यही सक्रियता र समर्पणको कदर कर्दै कांग्रेसले यसपटक उनलाई प्रतिनिधिसभा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ।

सामाजिक सत्कर्म

कोराेना महामारीले देश ब्यकुल थियो। अमेरिकाबाट बिष्टले तत्कालीन कांग्रेस सभापति देउवासँग जुम मिटिङ गरे। बिष्टकै संयोजकत्वमा नेपालमा कोरोना महामारी नियन्त्रणाका लागि अमेरिकामा संकलित एक करोड ३५ लाख रुपैयाँ कांग्रेसको खाता जम्मा भयो।

२०७२ बैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो। देशका नागरिक असमन्जसमा थिए। पीडा गहिरो थियो। उनी भूकम्प गएकै दोस्रो दिन राहत सामग्री बोकेर नेपाल आए।भूकम्प प्रभावित जिल्लाहरूमा उनले त्रिपाल बाँडे, अस्थायी टहरा बनाए। खानेकुरा वितरण गरे। विद्यालय पुनःनिर्माणमा सघाए।

भूकम्पमा टुहुरा भएका थुप्रै विद्यार्थीलाई गिरिजाप्रसाद मेमोरियल कलेजमा छात्रवृत्तिमा पढाउने व्यवस्था गरे। थुप्रै भूकम्प पीडिलको औषधि उपचारको व्यवस्था गरे। नेपाल सरकारको दैवीप्रकोप कोषमा ठूलो रकम जमा गर्न योगदान गरे।

२०७९ सालमा दार्चुलामा बिनाशकारी बाढीपहिरोको मारमा पर्यो। उनले लाखौँको सहयोग उतैबाट जुटाए। तराईंका जिल्लामा हुरी बतासले उडाएकाे बास र गासका लागि उनले लाखौं रकम बराबरकाे मानवीय सहयोग जुटाए।

देशका थुप्रै अनाथालय र वृद्धाश्रममा सहयोग गर्नेदेखि देशका विभिन्न भूभागमा आर्थिक अभावमा उपचार गर्न नसकिरहेका हजारौं मानिसलाई उपचामा सहयोग गरेका छन्। सयाैँ विद्यार्थीलाई स्कलरसिप उपलब्ध गराएका छन्। बिष्टकै पहलमा डोटीमा दुईवटा एम्बुलेन्स उपलब्ध छन्।

पार्टीका इमान्दार सिपाही

पार्टीले प्रदान गरेको जिम्मेवारी कुसलतापूर्वक पुरा गर्नु उनको अर्काे परिचय हाे। २०८० सालमा कांग्रेसले उनलाई १० दिने अभियानका लागि हुम्ला खटायो। उनले हुम्ला, खोटाङ्, बझाङलगायत थुप्रै दुर्गम जिल्लामा पुगेर पार्टीले प्रदान गरेको जिम्मेवारी निर्वाह गरे।

बिष्टलाई भाषण गरेर नेता भइन्छ भन्ने विश्वास लाग्दैन। आलोचनाले राजनीति फस्टाउँछ भन्ने उनी ठान्दैनन्। उनी समस्यामा रहेका जनताको पीडामा मल्हम लगाउने काम गरे भाषण र कसैको आलाेचना गर्नै नपर्ने सिद्धान्तबाट प्रेरित छन्। राजनीति र समाजसेवामा श्रीमतीले काँधमा काध मिलाएकोप्रति कृतज्ञ रहेका बिष्ट एक छोरा, एक छोरीका पीता हुन्।

कैलाली ४ मा कांग्रेसबाट चुनाव लडिरहेका उनी भन्छन्, ‘म यहाँ आफ्ना कुरा सुनाउन आएको होइन, मेरो कोसिस जनताका कुरा सुन्ने हो, पीडा बुझ्ने हो, त्यसलाई मनन् मात्र हाेइन शमन गर्ने मेरो अठाेट हो।’

आनन्द बिष्ट गोरखबहादुर बिष्ट निर्वाचन नेपाली कांग्रेस