Logo
१३ असार २०८२, शुक्रबार

गर्भा दरबार संरक्षणमा सरकार गम्भीर : संस्कृति मन्त्री पाण्डे

अक्षरपाटी
२०८२ असार १२ , बिहीबार ०२:०६ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कैलाली स्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले चुरे गाउँपालिका–४ मा अवस्थित गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाको सूचीमा सूचीकृत गरिसकिएको जानकारी दिए ।

मन्त्री पाण्डेले दरबारको संरक्षणप्रति स्थानीय चासो पनि बढिरहेको उल्लेख गर्दै सात असोज २०७८ मा चुरे गाउँपालिकाले पुरातत्व विभागमा संरक्षणका लागि औपचारिक निवेदन पेस गरेको जानकारी दिए ।

त्यसपछि विभागले स्थलगत निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाएको र चालु आर्थिक वर्ष २०८२-८३ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि ४ लाख रकम प्रस्ताव गरिएको पनि उनले स्पष्ट पारे ।

उनका अनुसार अब संरचना संरक्षणको कार्य संस्थागत रूपमा अगाडि बढाइनेछ ।

https://aksherpati.com/2025/06/15236/ चुरे गाउँपालिका