Logo
२० साउन २०८३, बुधबार

प्रभु बैंक घोटाला : गुण एयरलाइन्सका सञ्चालक पनि पक्राउ

अक्षरपाटी
२०८२ मंसीर १७ , बुधबार ०९:१२ मा प्रकाशित

काठमाडौं। प्रभु बैंक ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रभु बैंक प्रकरणमा थप एकजनालाई पक्राउ गरेको हो।

बुधबार सीआईबीको टोलीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई ठगी प्रकरणमा पक्राउ गरेको हो।

प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरेर दुरुपयोग गरेको आरोपमा शाक्यलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

यसअघि सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृतसहित ३ जनालाई पक्राउ गरेर छानबिन थालेको छ।

बुधबार शाक्यलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिको प्रहरीले जनाएको छ।

ठगी प्रकरण प्रभु बैंक

ट्रेन्डिङ ( साप्ताहिक )