काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् ।
थाइल्यान्डबाट फर्केलगत्तै ज्वरो आएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतकाअनुसार मन्त्री पौडेल हिजो ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् ।
उनको स्वास्थ्य परीक्षण जारी रहेको अस्पताल स्रोतले जनाएको छ । उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ ।
गत मंगलबार थाइल्याण्ड गएका मन्त्री पौडेल शुक्रबार स्वदेश फर्किएका थिए ।