Logo
२७ वैशाख २०८३, आईतबार

काठमाडौं महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन खुला

अक्षरपाटी
२०८२ असार १८ , बुधबार ११:०७ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको क्षेत्रभित्र पर्ने संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरेको छ।

महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गरी शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।

छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आजदेखि असार २७ गतेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मा आवेदन पेस गर्नसक्नेछन्।

महानगरपालिकाले छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८देखि १० बजेसम्म सञ्चालन गर्ने जनाएको छ।