Logo
१९ असार २०८२, बिहीबार

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

अक्षरपाटी
२०८२ असार १९ , बिहीबार १२:०७ मा प्रकाशित

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा आज भएको खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइलनमा प्रवेश गरेको हो ।

मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, शिवान्श बजगाईंले २३ रन जोडे । मलेसियाका नागिनिश्वरमले १ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ४३ ओर १ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो ।