Logo
२ असार २०८३, मंगलबार

मोन्था चक्रवातको प्रभाव नेपालमा, सतर्कता अपनाउन आग्रह

अक्षरपाटी
२०८२ कात्तिक १३ , बिहीबार ०९:१० मा प्रकाशित

काठमाडौं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको नेपालमा आंशिक प्रभाव देखिन थालेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अनुसार बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।

विभागअन्तर्गतकै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन विभिन्न नदीहरूमा आकस्मिक बहाव बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

बिहीबार कोशी, मधेश, बागमती र लुम्बिी प्रदेशका केही जिल्ला भई बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज यी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । शुक्रबार र शनिबार पनि कोशी, मधेश र बागमती प्रदेश भई बहने ससाना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मौसम पूर्वानुमान महाशाखाले यी चार प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा भारी हिमपात र कतै वर्षाको सम्भावना देखाएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

माेन्था वर्षा

ट्रेन्डिङ ( साप्ताहिक )