Logo
१९ असार २०८२, बिहीबार

२५ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिँदै चैतन्य पाठशाला

अक्षरपाटी
२०८२ असार १९ , बिहीबार ०८:०७ मा प्रकाशित

धनगढी। शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन भन्ने उद्देश्यले सञ्चालित धनगढीस्थित चैतन्य पाठशालाले पूर्ण छात्रवृत्ति घोषणा गरेको छ।

शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा अध्ययन गर्न चाहने मेधावी तथा आर्थिक रूपमा कमजोर २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने पाठशालले घोषणा गरेको हो।

सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्थाले सीमित बनाइएका तर प्रतिभाशाली विद्यार्थीलाई अवसर दिन लागिएको विद्यालयले जनाएको छ।

कक्षा ११ को भर्ना प्रक्रिया अन्तर्गत पूर्ण छात्रवृत्तिका लागि प्रवेश परीक्षा असार २५ गते विद्यालय परिसरमा सञ्चालन गर्ने जनाएको छ। १५० शुल्क तिरेर छात्रछात्राले आवेदन दिन पाउने उल्लेख छ।

चैतन्य पाठशाला सामाजिक उत्तरदायित्व बोकेको शैक्षिक संस्था भएकाले हरेक शैक्षिक सत्रमा यस्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए।

विद्यालयका प्राचार्य प्रेमनिधी ओझाले भने, ‘हामीले विगतका वर्षहरूमा पनि छात्रवृत्तिका माध्यमबाट थुप्रै विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोलिदिएका छौँ। यो कार्यक्रम अझै प्रभावकारी गर्दै लैजान्छौँ’

छात्रवृत्तिका लागि विद्यार्थीले छात्रवृत्ति आवेदन फारम असार २४ गते साँझ ५ बजेभित्र भरिसक्नुपर्ने छ।

गणेश प्रसाद जोशी चैतन्य पाठशाला धनगढी