काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीले पेन्सन तथा उपदान नपाउने भएका छन्।
उनीहरुको हकमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ।
अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन समेत अर्थ मन्त्रालयले भनेको छ।
अहिले कर्मचारी, मजदूर तथा अन्य व्यक्तिहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योजनामा आधारित सामाजिक सुरक्षा ऐन २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तभरण कोष ऐन २०७५’ कार्यान्वयनमा छन् ।
यस अनुसार २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिएको थियो।
अर्थमन्त्रालय एसएसएफ कर्मचारी पेन्सन सामाजिक सुरक्षा प्रणाली