काठमाडौं। सरकारले बुधबार एकै दिन साढे ३८ अर्बभन्दा बढी खर्च गरेको छ।
सरकारले आर्थिक वर्षको अन्तिमममा एकैदिन ३८ अर्ब ६१ करोड १५ लाख रुपैयाँ खर्च गरेको हो।
सरकारले एकै दिन सो खर्च गरेर चालु आर्थिक वर्ष २०८१-८२ का लागि हुने बजेट निकासा रोकेको छ।
सरकारले बुधबार राति १२ बजेटबाट सबै सरकारी खाता एक हप्ताका लागि बन्द गरेको हो।
यसअघिदेखि नै सरकारी भुक्तानी आर्थिक वर्षको अन्तिम महिना असार २५ गतेदेखि बन्द गर्ने प्रचलन रहेको छ। सोही अनुसार यस वर्षको पनि बन्द गरिएको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम महालेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक कार्यालयलगायतका सबै सरकारी खाता बन्द गरिएका हुन्।
खाता बन्द भएको दिन बुधबार रातिसम्म सरकारको कुल बजेट खर्च ८०.९१ प्रतिशत गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
जसमा चालूतर्फ ८५.८२ प्रतिशत, पूजीगततर्फ ५९.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८६.५६ प्रतिशत खर्च भएको छ।