Logo
२८ असार २०८२, शनिबार

कैलालीमा लागु औषधसहित दुई जना पक्राउ, किशोर-किशोरी निशानामा

अक्षरपाटी
२०८२ असार २८ , शनिबार ०६:०७ मा प्रकाशित

धनगढी । कैलालीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले नौ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका ४ का २८ वर्षीय तेजबहादुर खड्का र कैलालीको गोदावरी नगरपालिका २ शान्ति टोलका २२ वर्षीय रविन कुमार मल्ल भएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका क्षेत्रबाट रविन कुमार मल्ललाई नियन्त्रणमा लिँदै जाँच गर्ने क्रममा सो मात्रामा खैरो हेरोइन बरामद गरेको थियो।

थप अनुसन्धानका क्रममा तेजबहादुर खड्कालाई समेत पक्राउ गरिएको हो।

प्रहरीले जनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पछिल्लो दिनमा खुला सिमाना भएको कैलाली कञ्चनपुर लागु औषधको कारोबार बढेको छ।

भारतीसँगको खुला नाकाबाट लागु औषको कारोबार हुने गरेको र स्थानीय किशोर किशोरी यसको लक्षित वर्ग हुनेगरेको जानकारहरु बताउँछन्।

कैलाली पक्राउ लागु औषध