Logo
३१ असार २०८२, मंगलबार

शरद हटाइएपछि बिमा प्राधिकरणको जिम्मेवारी सेवन्तलाई

अक्षरपाटी
२०८२ असार ३१ , मंगलबार ११:०७ मा प्रकाशित

काठमाडौं। सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई निलम्बन गरेपछि सो जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्त पोखरेललाई दिएको छ।

कागजात कृतेको आशंकामा अख्तियारले अनुसन्धान थालेपछि ओझा निलम्बनमा परेसँगै सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अर्थका सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिएको हो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका अध्यक्ष ओझाको अनुभव योग्यता जाँचबुझका लागि न्यायिक समिति समेत गठन गरेको थियो।

समिति गठनसँगै ओझा निलम्बनमा परेका हुन्।

बिमा प्राधिकरण शरद ओझा सेवन्त पाेखरेल