Logo
३१ असार २०८२, मंगलबार

चौतर्फी आलोचनापछि मन्त्री गुप्ताले दिए राजीनामा

अक्षरपाटी
२०८२ असार ३१ , मंगलबार ११:०७ मा प्रकाशित

काटमाडौं। कर्मचारी नियुक्तिमा घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा घोषणा गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेका हुन्। उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्,’कहिले काहिँँ नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु।’

गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएको बताए।

उनले लेखेका छन्, ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब फेरि एक पटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्टाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु।’

राजकुमार गुप्ता राजीनामा