Logo
२९ असोज २०८२, बुधबार

कोइरालाले भने : मन्त्री क्वार्टरमा विचौलियाले घुसको ब्रिफकेस छाड्छन्

अक्षरपाटी
२०८२ असार ३१ , मंगलबार १२:०७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारका मन्त्रीको घुस प्रकरणमा पार्टी साक्षी किनारा बनेको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत लेख्दै उनले विपक्षी पनि कर्मकाण्डी मात्रै भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यस्तै रहेछ यहाँको चलनः मन्त्री क्वार्टरमा विहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन्।’

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सोमबार साँझ मन्त्रिपरिषदको बैठकमा सहभागी भएकोतर्फ उनले इंगित गरेका थिए।

उनले थप भनेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं।’

यद्यपि मन्त्री गुप्ताले आजै राजीनामा दिइसकेका छन्।

शेखर कोइराला

ट्रेन्डिङ ( साप्ताहिक )