Logo
१ साउन २०८२, बुधबार

होपफुल हराईजन र प्रभु बैंकबीच विशेष छुट सम्झौता

अक्षरपाटी
२०८२ असार ३१ , मंगलबार ०२:०७ मा प्रकाशित

काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई झम्सिखेल, पुल्चोक, ललितपुर स्थित होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धि सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

एक समारोहबीच होपफुल हराईजन नेपाल प्रालि का तर्पmबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्पmबाट प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रे्रष्ठले समझदारीमा हस्ताक्षर गरेका छन्।

समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमख, अन्जु बस्नेतको समेत उपस्थिति थियो।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराईजन नेपालमा पेश गर्नुपर्ने छ।

होपफुल हराईजन नेपाल प्रालि नेपालको दक्ष एवं अनुभवी विषेशज्ञको टोलिद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो।

यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धि सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ।

त्यस्तै ग्राहकको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

प्रभु बैंक होपफुल सनराइज नेपाल प्रालि