काठमाडौं। नेपाल आयाल निगमले बुधबारदेखि पेट्रोलको मूल्य घटाउने भएको छ। निगमले एकैपटक प्रतिलिटर ५ रुपैयाँ घटाउने भएको हो।
मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य घटाएको हो।
डिजेल तथा मट्टितेलको मूल्य पनि १ रुपैयाँका दरले घटेको छ।
अब काठमाडौँ उपत्यकामा पेट्रोल १६० रुपैयाँ र डिजेलको १४८ रुपैयाँ लिटर कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो।
नेपाल आयल निगम पेट्रोलियम