Logo
१ साउन २०८२, बुधबार

भक्तपुर मालपोतमा अख्तियारको छापा, अधिकृत र सहयोगी घुससहित समातिए

अक्षरपाटी
२०८२ असार ३१ , मंगलबार ०६:०७ मा प्रकाशित

काठमाडौं। भक्तपुर मालपोत कार्यालयमा व्यथिति बढेपछि मंगलबार अख्तियार दुरुपयोग अनसन्धान आयोगले छापा मार्यो।

सो क्रममा मालपोत कार्यालयका दुई जना अधिकृतलाई घुसको रकमसहित समातिएका छन्।

आयोगको टोलीले मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई २४ लाख ५० हजार रुपैयाँ घुससहित कार्यालयबाटै समातेको जनाएको छ।

आयोगको विज्ञप्तिअनुसार उक्त रकम कार्यालय सहयोगी राउतबाट बरामद गरिएको आयोगले जानकारी दिएको छ।

कार्यालय प्रमुख आचार्यको सहयोगमा राउतले रकम उठाउँदै आएको भन्ने गुनासोपछि छापा मारिएको बताइएको छ।

कार्यालय प्रमुख आचार्यको २ वटा मोबाइल पनि जफत गरिएको छ।

उनीहरुले चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर घुस मागेको सूचनाका आधारमा आयोगले स्टिङ अप्रेसन गरेको हो।

अख्तियार दुरुपयाेग अुसन्धान आयोग घस मालपोत कार्यालय