Logo
१ साउन २०८२, बुधबार

‘गुन्यु चोलो : द ड्रेस’ सिनेमाको गीत बजारमा

अक्षरपाटी
२०८२ साउन १ , बुधबार ०२:०७ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ।

‘म फूल हुँ कि काँडा’ बोलको गीत सार्वजनिक गरिएको हो।

लेखु सहयात्रीको शब्द रहेको गीतमा मनिषा पोखरेलको स्वर छ। संगीत लेखु सहयात्रीकै छ।

गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ ।

मन परेपछि जोवन सुम्पिन तयार रहेको भन्दै आफूलाई पनि मुटुमा सजाउन भनिएको गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ ।

निर्माण टिमले चलचित्र रिलिज डेट पनि घोषणा गरेको छ । ‘गुन्यु चालो : द ड्रेस’ भदौ १३ गते रिलिज हुनेछ।

समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।

गुन्यु चालो : द ड्रेस