धनगढीको परिवर्तन ईम्पेक्समा आगलागी, लाखौँको क्षति

अक्षरपाटी
२०८२ साउन ६ , सोमबार ०७:०७ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको परिवर्तन ईम्पेक्समा आगलागी भएको छ।

राति भएको आगलागीबाट लाखौं रुपैया बराबरको धनमाल क्षति भएको बताइएको छ।

राति करिब १० बजेतिर विद्युतको तार सर्ट भएर होलसेल व्यवसायी विश्व पौडेलको परिवर्तन ईम्पेक्समा आगलागी भएको थियो। आगो लागेको करिब २ घन्टामा आगो निभाइएको प्रहरीले जनाएको छ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो ।

प्रहरीले आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरेको छ।

धनगढी उपमहानगरपालिका